१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

यायोक्खाको १० औं राष्ट्रिय सम्मेलन धरानमा गर्ने निर्णय

किरात नामकरणको लागि जनप्रदर्शन हुने



काठमाण्डौ । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा केन्द्रीय समितिको १० राष्ट्रिय सम्मेलन फागुन तेस्रो साता सुनसरीको धरानमा हुने भएको छ ।

काठमाडौ कोटेश्वर स्थित केन्द्रिय कार्यलयमा हिजो ९बिहिबार० भएको बैठकले फागुन १८, १९ र २० गते सुनसरीको धरानमा गर्ने निर्णय गरेको यायोक्खा महासचिव जीवन हाताचो राईले बताए ।

सम्मेलनको माहोलसँगै ूप्रदेश नम्बर १ किरात प्रदेशको नारालाई व्यवहारि रुपमा स्थापित गर्न गाँउगाँउमा अभियान चलाइने भएको छ । सम्मेलनको उद्घाटन धरानको भानुचोकमा व्यापक जनप्रर्शन गर्ने निर्णय भएको छ ।

सम्मेलनमा २६ जिल्ला समितिहरु, ८ भातृ, २१ भाषिक संस्थाहरु १७ वटा विदेश शाखा संगठन हरु गरेर करिव ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी हुने कार्यवाहक अध्यक्ष दिवस राईले बताए ।
सम्मेलन सफल पार्न आर्थिक, प्रचारप्रचार, स्वयंसेवक, विधान संशोधन लगायत ९ वटा उपसमितिहरु गठन भएको उपमहासचिव जनक राईले बताए ।

तिलक राईको नेतृत्वमा रहेको कार्यकाल फागुन २६ गते सकिन्दैछ । यायोक्खाले प्रदेश १ को नाम किरात राख्न पहलकदमी र आन्दोलन गर्दै आएको छ । पूर्बी नेपालको १७ वटा जिल्लालाई ईतिहास, भूगोल र सभ्यताको आधारमा किरात नाम राख्नुपर्ने माग गर्दै आएको छ ।

किरात राई यायोक्खाले किरात नामाकरणको माग गर्दै आएको प्रदेश नंं. १

प्रकाशित : २१ पुस २०७५, शनिबार ००:००