११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

एकता हुँदै दुई जनसांस्कृतिक सङ्गठन



 

काठमाडौँ,  जनसांस्कृतिक महासङ्घ नेपालका दुई सङ्गठन अब चाँडो एकीकरण हुने भएको छ ।
नेतृत्व छनोटको प्रक्रियामा रहेकाले सो कार्य सम्पन्न भएलगत्तै एकताको घोषणा हुने भएको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गत जेठ ३ गते एकीकरण भएपछि तिनका भ्रातृ सङ्गठनका

 

रुपमा दुवै एक हुनका लागि आवश्यक विधान अन्तिम चरणमा पुगेको ती संगठनले जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता मणि थापाले कला, साहित्य समाज परिवर्तनका लागि सशक्त माध्यम भएको बताउँदै कलाकार तथा सांस्कृतिककर्मीले मुलुकको राजनीतिक क्षेत्रलाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घको ३१ औँ स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा जनसङ्गीत मञ्च नेपालका अध्यक्ष माधव प्रधानले देशमा लोकतन्त्र स्थापनाका लागि प्रगतिशील कलाकारले सिर्जना गरेका गीत, रचना तथा सङ्गीतले सहयोग पु¥याएको भए पनि उनीहरुको योगदानको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।
प्राज्ञ देवी नेपाल, महासङ्घका अध्यक्ष खगेन्द्र राईलगायतले प्रगतिवादी साहित्यको शुरुआत भूमिगत कालदेखि भएको बताउँदै यसको पृष्ठभूमि र इतिहास सोही समयदेखि कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
–––

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००