८ बैशाख २०८१, शनिबार । April 20, 2024

अर्थ

चीनमा आठ लाख सामाजिक संस्था दर्ता



बेइजिङ्, १९ पुस । चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिनुभएको छ ।
बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताउनुभयो ।
चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उहाँको भनाई छ ।
देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाहरुका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिनुभयो ।
चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन् । ती संस्थाहरुका झण्डै दश करोड स्वयमसेवकहरु दर्ता छन् ।
ती स्वयमसेवकहरुले एक अरब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले बताउनु भयो ।

प्रकाशित : १९ पुस २०७५, बिहिबार ००:००