१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

सरकारद्धारा कर्मचारीलाई कारवाहीको चेतावनी



काठमाण्डौ, पौष  । सरकारले कर्मचारी समायोजन सम्बन्धी हालै ल्याएको अध्यादेश विषयलाई लिएर सरकार,मन्त्री र कर्मचारीमाथि निजामती सेवा ऐनको अनुशासन र आचरण विपरीत अमर्यादित रुपमा टिका टीप्पणी एवं गालीगलौज गर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले प्रेश वक्तव्य जारी गर्दै उक्त चेतावनी दिएको हो ।

निजामती सेवा ऐन, २०४९ परिच्छेद ७ अनुशासन र आचरण विपरीत कर्मचारीले सामाजिक सञ्जाल,पत्रपत्रिकामा अमर्यादित रुपमा प्रस्तुत स्टाटस,टिकाटिप्पणी र लेखले सरकारको गरिमामाथि गम्भीर आँच पुगेको मन्त्रालयको ठहर छ । राष्ट्र सेवक कर्मचारीको यस प्रकारको गैरजिम्मेवार,अमर्यादित,अवाञ्छित र उश्रृङखल कृयाकलापमाथि सरकारका गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ । कर्मचारी समायोजन अध्यादेशलाई लिएर राष्ट्रसेवक कर्मचारीले पद,वर्ण,जात,समुदाय र सम्प्रदायसमेत जोडेर अनुशासन विपरीत अमर्यादित् एवं गैर जिम्मेवार अभिव्यक्ती दिने कर्मचारीहरुको अभिलेख तयार भैरहेको र यस प्रकारको दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीमाथि विद्युतीय कारोवार ऐन,२०६३ अनुसार कारवाही गर्ने जनाईएको छ ।मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश,२०७५बमोजिम कर्मचारी समायोजन हुने र यस समायोजन प्रक्रियामा सहभागी भई सरकारलाई सहयोगसमेत पु¥याउन आव्हान गरेको छ ।

प्रकाशित : १७ पुस २०७५, मंगलबार ००:००