७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

लिम्बू भाषालाई सरकारी भाषाको रुपमा प्रयोग गर्न गराउन अभियान सुरु



लिम्बू भाषालाई सरकारी भाषाको रुपमा प्रयोग गर्न गराउन अभियान सुरु गरिएको छ  । मंगलबार पाँचथर जिल्लाको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेलाई स्थानीय तहमा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न गराउने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्लास्थित लिम्बुजन्य संघसंस्थाहरु किरात याक्थुङ चुम्लुङ , लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समिती,लिम्बुवान स्टडी सेन्टर सुम्हा?लुङ च्याप्टर फेदेन,याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल,याक्थुङ युवा मञ्च पान्थर,लिम्बू बिद्यार्थी मञ्च पान्थर,याक्थुङ मुन्चइत चोक सयङ ,लिम्बू पत्रकार संघ पान्थ लगायत दर्जनबढि संस्थाहरुको संयुक्त हस्ताक्षरित ज्ञापनपत्रलाइ ग्रहण गर्दै अध्यक्ष घिमिरेले कार्यान्वयन गर्न गराउन पहल गर्ने प्रतिबद्धता गरेको चुम्लुङका जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङले बताएका छन् । पाँचथर जिल्लास्थित सात स्थानीय तह र एक नगरपालिका रहेको छ । यस अघि इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा सरकारी कामकाजी भाषाको रुपमा सुरु गरिएको छ ।

 

प्रकाशित : १७ पुस २०७५, मंगलबार ००:००