४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

प्रधानमन्त्री ओलीद्वारा कुलपतिहरुलाई सपथ



काठमाडौं, १६ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरुको सपथ गराउनु भएको छ ।
आज सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई सपथ गराउनु भएको हो । आजै सरकारले वहाँहरुलmाई कुलपति पदमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तीहरुलाई नियुक्त गरिएकोले ति संस्थाहरु थप सृजनशिल हुनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नवनियक्त कुलपतिहरुले समयका पदचापलाई बुझ्ने र त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । “आज हामी जहाँ पुगेका छौं त्यहीं रोकिने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले समयको पदचाप बुझेर यि संस्थाहरुलाई त्यसै अनुसार अघि बढाउनुहुनेछ भन्ने अपेक्षा गरिएको छ ।”
नेपालीहरुको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीहरुले देखाएको बाटोलाई फराकिलो बनाउने काम यि संस्थाहरुले गर्नुपर्ने बताउनुभएको छ । “विगतमा अरुलाई बाटो देखाउने साँस्कृतिक झिल्कोले जताजता प्रज्वलित गर्न सक्छ गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यि सबै कुराको परिणाम सकारात्मक आउनु पर्दछ ।”
यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्यसचिब विपिन कुमरा घिमिरेले पनि आजै सपथ ग्रहण गर्नुभएको छ । यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिब श्याम प्रकाश तमोटले पनि आजै सपथ ग्रहण गर्नुभएको छ ।

प्रकाशित : १६ पुस २०७५, सोमबार ००:००