११ चैत्र २०८०, आइतबार । March 24, 2024

ग्लोबल

जनमुक्तिको अमेरिकामा सम्पर्क समिति



 


मंगलबार,न्युयोर्क । राष्ट्रिय जनमुक्ति पार्टीसंग आस्था राख्नेहरुको भेलाले अमेरिकामा सम्पर्क समिति (जनमंच) गठन गरेका छन् । पार्टीका अध्यक्ष केपी पालुङ्वाको उपस्थितिमा गठन भएको भेलाले ईन्चार्जमा संगिनी रानामगर र अध्यक्षमा अग्नी साङपाङ राईलाई चयन गरेको छ ।
न्युयोर्कमा आयोजित भेलाले २१ सदस्यीय समिति गठन भएको हो । जसको बरिष्ठ उपाध्यक्षमा खुम रानामगर, महासचिवमा मिगीन मगर, सचिवमा सरोज थाम्देन, कोषाध्यक्षमा वाराक पालुङ्वा छन् । त्यसैगरी सदस्यहरुमा छवि कन्दङ्वा, ट्रिम्यान लिम्बु, सुमन थाम्सुहाङ, विकास थापामगर, प्रणय सुब्बा, बरुण राई, रोसन थापा, सुकु राई, रमेश सुनुवार, ईन्दीरा लिम्बु, शसीकला थेबे, ईन्दीरा घर्तिमगर र कुशुम भट्टचन छन् । त्यसैगरी सल्लाहकारहरुमा तेज कुमार तुम्बाहाम्फे, दुर्गा प्रसाद लिम्बु, बि.के. राना र महेन्द्र थापा छन् ।
गोरेबहादुर खपाङ्गी, काजिमान कन्दङ्वा, गोपाल किराती, एमएस थापाहरुको सक्रियतामा तीन दशक अघि स्थापना भएको राष्ट्रिय जनमुक्त पार्टीका नेतृत्वकर्ताहरु मध्ये खपाङ्गी र कन्दङ्वाको निधन भैसकेको छ भने अन्य धेरै नेतृत्वहरु विभिन्न दलमा विभक्त छन् । तर उनिहरुले एजेण्डा भने बदलेका छैनन् । जातिय संख्याको आधारमा समानुपातिक प्रतितिधित्व, एतिहासिक पहिचानको आधारमा राज्यको नामाकरण, धर्मनिरपेक्षता लगायत एजेण्डाहरु समान छन् । जनमुक्ति पार्टीमा दोश्रो पुस्ताका नेता केपी पालुङ्वाले नेतृत्व पाएका बेला उनी अहिले अमेरिका भ्रमणमा छन् ।

प्रकाशित : ३१ आश्विन २०७५, बुधबार ००:००