८ चैत्र २०८०, बिहिबार । March 22, 2024

खेलकुद

आजदेखि विश्वकप क्वाटरफाइनल शुरुहुदै

फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम भिड्दै



काठमाडौं । रुसमा जारी वििश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल शरुक्रबारदेखि सुरु हुँदैछ । क्वाटरफाइनलको पहिलो खेलमा विश्वकप पूर्वविजेता उरुग्वे र फ्रान्स भिड्दैछन्। यो खेल साँझ ७ः४५ बजे हुने छ ।

फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम मैदानमा हुनेछ । क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा ५ पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

प्रकाशित : २२ असार २०७५, शुक्रबार ००:००