११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

सबै मन्त्रालयको काम प्रधानमन्त्री कार्यालयले अनुगमन गर्छ : ओली



काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यलयले गर्ने बताउनुभएको छ ।
संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यलय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयको बजेट विनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कबताउनुभएको हो ।
भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यलयले अुनगमन गर्न लागेको बताउनुभएको हो । विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुनरगठन गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री कार्यलयमा धेरै बजेट राखियो भनेर गुनासो गर्नुको कुनै अर्थ नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “प्रधानमन्त्री कार्यलयमा भएको बजेट पुननिर्माण, प्राकृतिक प्रकोप उद्धार लगायतको समेतको रहेकोले धेरै देखिएको हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “सधैं हिडिरहेको बाटो अध्याँरोमा पनि हिड्न सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ बाटो हिड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि ,लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।”
लोकतन्त्र कसैले किस्तीमा उपहार दिएको नभइ आफूहरुले संघर्ष गरेर ल्याएको हुनाले यसमा कसैलाई शंका नगर्न प्रधानमन्त्री ओलीले आश्वस्त पार्नुभएको छ । अधिनयाकवाद आउछ भनेर केही मान्छेहरुले नयाँ थेगोको विकास गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
भूकम्प पछिको पुननिर्माणलाई गति दिन सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ । “पुननिर्माणका लागि नियुक्त गरिएको सिइओको ध्यान राजनीति र निर्वाचनमा रहेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले पुननिर्माणको काम अघि बढेन अब यसले गति पाँउछ ।”
प्रधानमन्त्री ओलीले केही बर्षभित्र नेपालमा गरिबीको गीत गाउनु पर्ने दिनको अन्त्य हुने बताउनुभयो । “अब गरिबी होइन सुख र सृमद्धिका उपभोग गर्न दिन आउछन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
अस्पताल भित्र नारा जुलुस गर्ने, अत्यावश्यक ठाउँमा हड्ताल गर्ने जस्ता कार्य सरकारका लागि सैह्य नहुने बताउनुभयो । सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई लगाम नलगाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित : १५ असार २०७५, शुक्रबार ००:००