१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

ओयाम सरोकार समाजको सम्मान कार्यक्रम



काठमाण्डौ । ओयाम सरोकार समाजले पाँचथर याङवरक ३ ओयाम स्थित गुप्तेश्वर माध्यमिक विद्यालयका लागि आर्थिक सहयोगीहरुलाई सम्मान गरेको छ । बाल मैत्रि तथा प्राविधिक शिक्षाका लागि उपत्यकामा रहेर सहयोग गर्ने दाताहरुलाई शनिबार कोटेश्वरमा एक कार्यक्रम गरि सम्मान गरिएको हो ।
बाल उद्यान तथा प्राविधिक शिक्षा सञ्चालनका लागि गुप्तेश्वर माविले गत कार्तिक २४ गते देखि मंसिर १ गतेसम्म विद्यालय प्राङ्गडमा श्रीमद भागवल धन धान्याञ्चल धार्मिक महोत्सव गरिएको थियो । विद्यालयलाई सहयोग गर्न चाहने तर महोसत्वमा पुग्न नसक्ने व्यक्तिहरुले ओयाम सरोकार समाज काठमाण्डौ मार्फत आर्थिक सहयोग गरेका थिए । काठमाण्डौबाट २ लाख २२ हजार रकम संकल भएको समाजका संयोजक खीम सेलिङले बताए ।


कार्यक्रममा पूर्ण सेलिङ, खीम सेलिङ, कर्ण कुमार योङ्या, महेन्द्र योङ्या, डिल्लिराम पोखरेल, विष्णु शंकर, अपिल राई, पदम बहादुर क्षेष्ठ, विकास योङ्या, चन्द्रिका सेलिङ, रिलायन्स हेल्थ केयर लगायतलाई सम्मान गरिएको थियो ।
दाताहरुलाई कार्यक्रमका प्रमुख अथिति, वीर नेम्बाङ, विशिष्ट अथिति पूर्व सभासद भिष्म आङ्देम्बे र वार एसोसिएसनका केन्द्रिय सदस्य कृष्ण आङ्देम्बेले सम्मानपत्र तथा खादा ओडाएर सम्मान गरेका थिए ।
महोत्वममा ६५ लाख नगद र २ करोड जग्गादान भएको समेत समाजले जानकारी गराएका थिए ।

 

प्रकाशित : २२ माघ २०७४, सोमबार ००:००