१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

संघीयताको जन्मदाता समाजवादी



न्युयोर्क । संघीयताको जन्मदाता आफ्नो पार्टी रहेको संघीय समाजवादी फोरम नेपालका नेता गणेश योन्जनले दावी गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका बखत पार्टीका राजनैतिक सल्लाहकार तथा ताम्मासालिङ ईन्चार्ज समेत रहेका योन्जनले संघीय गणतन्त्र नेपाल हामिले जन्मायौं । अव पहिचानका आधारमा संघीय राज्यको नामांकन र संघीय प्रदेश संख्या थप गर्न बाँकी रहेको बताए । न्युयोर्कमा आयोजित अन्तक्र्रियामा बोल्दै योन्जनले थपे पहिचान, जातिय मुक्ति, स्थानिय समृद्धीका लागि संघीयताको विकल्प नरहेको बताए । सो अवसरमा एनआरएन डिआरसी आईसिसिका नविन शेरचन, वुद्धिष्ट एसोसिएशन अफ अमेरिकाका अध्यक्ष तेन्जिङ उक्याप, किरात याक्थुम चुम्लुङ अमेरिकाका अध्यक्ष दिपेश लिम्बु, मुस्ताङ किदुकका अध्यक्ष राजकुमार विष्ट, तमु सोसाईटी अफ अमेरिकाका अध्यक्ष पदम गुरुङ, मगर संघ न्युयोर्कका अध्यक्ष सुमन पुन, दावा लामा, विष्णु रानामगर, केशवराम राई, प्रेम कुरुम्वाङ, लोक चेम्जोङ लगायतले अन्तक्र्रियामा बोलेका थिए । नेपाली संघीय समाज अमेरिकाको अयोजनामा भएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष समिर महर्जनको सभापतित्वमा भएको थियो ।

 

प्रकाशित : ५ माघ २०७४, शुक्रबार ००:००