१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Life Style

जाडो मौसममा उच्च रक्तचापको जोखिम र बच्ने उपायहरु



जाडो मौसममा रक्तचाप बढ्ने गर्दछ र उच्चरक्तचाप बिरामीहरुले आफ्नो रक्तचाप बारे बढी सतर्कता अपनाउनु पर्ने हुन्छ  िउच्च रक्तचाप आफैंमा एक बिमार हो र संसार भरि करिव एक चौथाई भन्दा बढी वयष्क व्यक्तिहरु उच्च रक्तचाप बाट ग्रसित छन् साथै उच्च रक्तचाप मानव मृत्युको पहिलो कारण मुटुरोगको उपचार गर्न सकिने एक

 प्रमुख कारक तत्व पनि हो  ।  जाडो मौसम र चिसो बातावरणको कारण उच्च रक्तचाप बिरामीहरुको रक्तचाप बढ्न सक्ने जोखिम रहन्छ र सेवन गरिरहेको औषधीको मात्रा बदल्नु पर्ने हुन सक्छ साथै चिसो बतावरणमा स्वास्थ्य व्यक्तिहरुको रक्तचाप पनि बढ्ने सम्भावना हुन्छ  । विभिन्न अध्ययनहरुले प्रमाणित गरे अनुसार ११ डिग्री सेल्सियसको बतावरणमा बिना तापक्रम सुरक्ष्या ५ मिनेट रहने हो भने रक्तचापमा  उल्लेख्य परिवर्तन हुन्छ साथै उच्च रक्तचाप र मुटु तथा रक्तनली सम्बन्धि बिरामीहरुको सिस्टोलिक ब्लड प्रेसर ९रक्तचाप० प्रत्येक १० mmhg जन को वृद्धिले मुटु तथा रक्तनली सम्बन्धि मृत्युको जोखिम २१ प्रतिसतले वृद्धि हुन्छ  ।  उच्च रक्तचापको वृद्धिमा जाडो मौसमको प्रभाव सबै भन्दा बढी ७० । ८० वर्ष बृद्ध उमेर समुहमा देखिन्छ  ।  जाडो मौसम र चिसो बातावरणको सुरुवातसँगै उच्च रक्तचाप सँग सम्बन्धित मुटुरोग, हृदयघात र मष्तिस्कघात जस्ता बिमारहरुको संख्यामा वृद्धि हुन्छ र यी बिमारका कारण हुने मृत्युदर बढदछ  ।जाडो मौसममा रक्तचाप बढ्ने गर्दछ र उच्चरक्तचाप बिरामीहरुले आफ्नो रक्तचाप बारे बढी सतर्कता अपनाउनु पर्ने हुन्छ  िउच्च रक्तचाप आफैंमा एक बिमार हो र संसार भरि करिव एक चौथाई भन्दा बढी वयष्क व्यक्तिहरु उच्च रक्तचाप बाट ग्रसित छन् साथै उच्च रक्तचाप मानव मृत्युको पहिलो कारण मुटुरोगको उपचार गर्न सकिने एक प्रमुख कारक तत्व पनि हो  ।  जाडो मौसम र चिसो बातावरणको कारण उच्च रक्तचाप बिरामीहरुको रक्तचाप बढ्न सक्ने जोखिम रहन्छ र सेवन गरिरहेको औषधीको मात्रा बदल्नु पर्ने हुन सक्छ साथै चिसो बतावरणमा स्वास्थ्य व्यक्तिहरुको रक्तचाप पनि बढ्ने सम्भावना हुन्छ  । विभिन्न अध्ययनहरुले प्रमाणित गरे अनुसार ११ डिग्री सेल्सियसको बतावरणमा बिना तापक्रम सुरक्ष्या ५ मिनेट रहने हो भने रक्तचापमा  उल्लेख्य परिवर्तन हुन्छ साथै उच्च रक्तचाप र मुटु तथा रक्तनली सम्बन्धि बिरामीहरुको सिस्टोलिक ब्लड प्रेसर ९रक्तचाप० प्रत्येक १० mmhg जन को वृद्धिले मुटु तथा रक्तनली सम्बन्धि मृत्युको जोखिम २१ प्रतिसतले वृद्धि हुन्छ  ।  उच्च रक्तचापको वृद्धिमा जाडो मौसमको प्रभाव सबै भन्दा बढी ७० । ८० वर्ष बृद्ध उमेर समुहमा देखिन्छ  ।  जाडो मौसम र चिसो बातावरणको सुरुवातसँगै उच्च रक्तचाप सँग सम्बन्धित मुटुरोग, हृदयघात र मष्तिस्कघात जस्ता बिमारहरुको संख्यामा वृद्धि हुन्छ र यी बिमारका कारण हुने मृत्युदर बढदछ  ।

जाडो मौसममा रक्तचाप वृद्धि हुने कारणहरु  ःशरीरमा आवश्यक तापक्रम संचयको लागि बाहिरी साना रक्तनलीहरु खुम्चने गर्दछ, परिणाम        स्वरूप रक्तचाप बढदछ  ।जाडो मौसममा सुर्यको कम किरण र कम तापक्रमको कारण भिटामिन  डि को अभाव हुन्छ   जसको कारण रक्तचाप बढदछ  ।चिसो मौसम र बातावरणमा शरीरका रक्तनालीहरुलाई प्रभाव पार्ने ९खुम्च्याउने० हर्मोनहरुको    मात्रा बढी हुन्छ परिणाम स्वरूप रक्तचाप बढदछ  ।शरिरमा कोलेस्टेरोलको मात्रा बढ्न सक्छ जसले रक्तचापको वृद्धिमा मद्दत गर्दछ  ।शारीरिक ब्यायाम कम हुने हुँदा जाडो मौसममा रक्तचाप बढ्न सक्छ  ।  बातावरणमा हुने वायु प्रदुषण पनि जाडो मौसममा रक्तचाप बढ्ने कारण हो  ।
जाडो मौसममा उच्च रक्तचापको जोखिमबाट जोगिने उपायहरु स्
सन्तुलित र स्वास्थ्य भोजन गर्ने  ।  प्रशस्त पानी पिउने  ।बढी क्यालोरी नखाने किनकि जाडो मौसममा आवत जावत लगायत अन्य शारीरिक   क्रियाकलापहरु कम हुने हुनाले मोटाइपन बढ्न सक्तछ  ।  अधिक मध्यपान नगर्ने  ।अत्याधिक चिसोमा बाहिर हिनडुल नगर्ने  ।केहि न्यानो अवस्थामा नियमित शारीरिक ब्यायाम र हिनडुल गर्ने  । नियमित शारीरिक ब्यायाम नगर्ने व्यक्तिले एक्कासी कडा ब्यायाम नगर्ने  ।  औषधिहरु नियमित सेवन गर्ने र नियमित रुपमा स्वास्थ्य परिक्ष्यण गर्ने  । बृद्ध उमेर समुहमा जाडो मौसमको प्रभाव सबैभन्दा बढी पर्ने हुनाले उनीहरुको रक्तचाप,  मुटुरोग र रक्तनाली सम्बन्धि बिमारबाट जोगाउन अझ बिशेष ध्यान दिनु पर्ने हुन्छ ।

प्रकाशित : २३ पुस २०७४, आइतबार ००:००