६ बैशाख २०८१, बिहिबार । April 18, 2024

समाचार

अर्गनाईजेशनको साँस्कृतिक कार्यक्रम



मेरिल्याण्ड । किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला उधौली तथा नयाँ वर्ष २०१८ को अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

 

भर्जिनियामा आयोजित एक समारोहविच साँस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रममा साकेला नृत्य, अन्य नृत्य, गायन साथै अतिथिहरुबाट मन्तब्य समेत प्रस्तुत भएको थियो । कार्यक्रममा प्रमुख अतिथि अर्गनाईजेसनका केन्द्रीय अध्यक्ष विष्णु राई, संस्थापक अध्यक्ष शिव कुमार राई, केन्द्रीय उपाध्यक्ष मुना राई , संस्थापक तथा सल्लाहकार मिलन राई, प्रभाकर राई, केन्द्रीय प्रतिनिधि प्रकाश राई, न्युयोर्क शाखाका अध्यक्ष केशबराम राई लगायतले मन्तब्य राखेका थिए । डिसी, मेरिल्याण्ड, पेन्सिलभेनिया र भर्जिनिया राज्य क्षेत्र समेटिएको अर्गनाईजेशनका अध्यक्ष भुवन राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित : २० पुस २०७४, बिहिबार ००:००