२८ चैत्र २०८०, बुधबार । April 10, 2024

प्रोफाइल

वसन्तकुमार नेम्वाङ्ग



वसन्तकुमार नेम्वाङ्ग

उम्मेदवार, प्रतिनीधिसभा, वाम गठबन्धन, पाँचथर

वाम गठबन्धनका तर्फबाट प्रतिनीधिसभा उम्मेदवार बसन्तकुमार नेम्बाङ नेकपा एमाले केन्द्रिय जलश्रोत तथा उर्जा विभाग सचिव हुन । विकास प्रेमी र शालिन नेताको छवि बनाएका नेम्बाङ युवा अवस्थादेखि नै कम्यूनिष्ट राजनीतिमा सक्रिय छन् । वि.स. २०१८ चैत्र ८ गते पाँचथरका फिदिममा बुवा देवीप्रसााद नेम्बाङ र आमा विष्णुमाया नेम्बाङको  कोखबाट जन्मिएका नेम्बाङ १८ बर्षको उमेरबाटै राजनीतिमा शसक्त रुपमा होमिए । उनी पञ्चायतकाल अर्थात २०३६ सालबाट प्रारम्भिक कमिटिको सदस्य भए । चार दशक लामो राजनीतिक यात्रामा जिल्ला कमिटि सदस्य, प्र.रा.यु संघको केन्द्रिय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय पतिनीधि परिषद सदस्य जस्ता साँगठानिक जिम्मेवारीहरु निर्वाह गरिसकेका छन् । भने २०७२–२०७३ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशासनिक सल्लाहकारका रुपमा समेत कार्य सम्पादन गरेका थिए । उनी पाँचथरबाट दुई पटक निर्वाचित साँसद हुन । उनी २०४८ साल र २०५६ सालमा विजयी भएका थिए । कानुनमा वि.एल नेम्बाङले आफ्नो चार दशक लामो राजनीतिक जीवनमा थूप्रै आरोहअवरोह पार गरेका छन् । उनी पञ्चायतदेखि निरंकुश राजतन्त्रको समुलनष्ट गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आन्दोलनको हरेक मोर्चामा अग्रभागमा उभिएका थिए । आफ्नो जीवनको उर्वर समय पाँचथरको विकास र पाँचथरे जनताको सेवामा खर्चिएको र बाँकी जीवन पनि पाँचथरे जनताको सेवामै सर्मर्पित हुने नेम्बाङ बताउँछन् । नेम्बाङ साँसद हुँदा र नहुदाँ उनका नेतृत्वमा पाँचथरमा थूप्पै विकास निर्माणका कामहरु भएका छन् । खास गरि पाँचथरको जलविद्युत विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । पाँचथरमा सम्पन्न थूप्पै्र ठूला जलविद्युत उनको नेतृत्वमा बनेका हुन । केहि निर्माणको चरणमा छ । तमोर जलासाययुक्त परियोजना लगायत देशका थुप्प्रै मेघा प्रोजेक्टलाई अगाडी बढाउनमा नेम्बाङको योगदान रहेको छ । सामाजिक न्याय, उज्यालो पाँचथर, वैज्ञानिक तथा आधुनिक कृषी प्रणाली, वैज्ञानिक शिक्षा लगायत पाँचथरको समग्र विकासका लागि प्रतिनीधिसभामा आफ्नो उम्मेदवारी रहेको नेम्बाङले बताए ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००