१२ जेष्ठ २०७९, बिहिबार । May 26, 2022

Uncategorized

नेपाललाई विश्वमानचित्रबाट हटाउने चिनियाँ प्रयासनेपाललाई विश्वमानचित्रबाट हटाउने चिनियाँ प्रयास



के भयो विगतमा ? जब चीनले आफ्नो आर्थिक विकासको लागि भनेर वान बेल्ट–वान रोड अर्थात् ओबओर नीति विश्वमा अगाडी सा¥यो, त्यसको प्रत्यक्ष प्रभाव भारतलगायत विश्वकै लोकतान्त्रिक देशमा प¥यो । नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको निर्वाचन अघि देखि नै ‘म चीनको आर्थिक प्रगती देख्न सक्दिनँ’ भनेर गैरजिम्मेवार टिप्पणी गरिदिए । उनको टिप्पणी सायद उनी स्वयँपनि निर्वाचन जित्ने छैनन् भनी त्यतीकै अमेरिकी क्रोध चीनप्रति जाओस् भन् िअभिप्रायले उनले दिए तर उनी निर्वाचन जितिहाले । वास्तवमा चीनले विशुद्ध मनले आर्थिक विकासको फन्को मार्न नभई विश्वमा चिनियाँ बजार कब्जाको नीति, कम्युनिज्म फस्टाउने नीति, अमेरिकाबाट रिसाएका मुस्लिम शासनसत्ता भएका देशलाई हातमा लिने जस्ता विविध आपत्तिजनक एग्रेसिभ चिनियाँ अजेन्डाप्रति विश्व लोकतान्त्रिक कित्ताबाट ट्रम्पले चरम् असन्तुष्टि पोखेका थिए । स्वाभाविक छ, भारतलगायत अन्य लोेकतान्त्रिक देशले समर्थन ट्रम्पलाई गरे किनकि भारतलगायतका एशियाली क्षेत्रबाट चीनले अन्य आर्थिक प्रतिस्पर्धीलाई कम्पिटिसनबाट नभई मालकम्पिटिसनद्वारा छिमेकका (जस्तै भारतलाई पाकिस्तान वा नेपालका कम्युनिस्ट वा अन्य देशका आउटफिट फोर्सद्वारा) देशहरुलाई आतंकवादको चपेटामा फँसाईदिई स्वयँ भने विकासको फर्को मार्ने सोचेका छन्, व्यवहारतः देखिन्छ पनि । यस चिनियाँ अमानवीय नीति, भारतविरोधीलाई नेपालका सबै कम्युनिस्टहरुले नेपाली राष्ट्रवाद भनेर नयाँ परिभाषा बनाएका छन् । यसले स्वाभाविक छ नेपालको मधेशमा बस्ने करिब एकाउन्न प्रतिशत मधेशीले टक्कर दिएका छन् र नेपालको राष्ट्रियताको ‘तबियत÷स्वास्थ्य’ खराब छ ।गत भदौ १२ गते (अगस्त २८) मा भारत–चीनले आपसमा दोेक्लाम भनी भारत–भूटान–चीनको त्रीदेशीय ठोक्करमा चिनियाँ सैनिकलाई ओबओरको लागि बाटो निर्माण गर्न डोजरसहित पठाएका सैनिकलाई लिएर तीन देशबीच चीनको हर्कतले उत्पन्न तनाव अन्त्य गरिएको थियो । उक्त सम्झौतामा भारत–चीनको दुइटैले जित्ने विन–विनको बाटो पहिल्याइएको थियो ः भारत र चीन दुइटैले आफ्ना सैनिक फिर्ता बोलाउने र चीनले महत्वाकाँक्षी योजना एक क्षेत्र–एक सडक (ओबओर)लाई विराम दिने । तर आजको दिनमा सो सम्झौतालाई चीनले रद्दीको टोकरीमा फालेको देखिन्छ किनकि यस बीचमा चिनियाँ राष्ट्रपतिले नयाँ सेना प्रमुख चयन गरेका छन्, चीनमा ब्रिक्स सम्मेलनमा भारतीय प्रम मोदीबाट दोक्लाम विवाद उठान गर्न नदिएर सफलतापूर्वक होस्टको काम गरेका छन्, चिनियाँ राष्ट्रपतिले पार्टीको महाधिवेसन सकाएर नयाँ नेतृत्व हत्याएर पुनः राष्ट्रपतिमा आफूलाई नै विना उत्तराधिकारी घोषणा दरेका छन्, नेपालमा वामपन्थि अलायन्स गराएका छन्, उत्तरकोरियाद्वारा अमेरिकालाई ‘म उ.कोरियालाई तिमि अमेरिकाले आक्रमण गरेमा म दक्षिणकोरियालाई ध्वस्त पारिदिन्छुु’को ब्ल्याकमेलिङ्गमा उ.कोरियामा चीनले आफ्नो लडाईको लागि हतियारहरु निर्माणमा लागेका जस्ता अन्य तयारीहरु गरिरहेका र सत्तामा पुनः स्थापित भएपश्चात् चिनियाँ सैनिकलाई ‘युद्ध जित्ने गरि तयारी थाल्न’ भनेका छन् । ज्ञातब्य छ, भदौ १२ अगाडी निवर्तमान चिनियाँ सैन्य प्रमुखले भारतसितको युद्धमा विश्वयुद्ध हुन गई चीन कम्तिमा नौ टुक्रामा विभाजीत हुने विश्लेषण गरेर राष्ट्रपति सि जिन्पिङ्गको सनकमा लागेर युद्ध नगर्ने स्पष्ट संकेत दिएपछि वर्तमान सैन्य प्रमुख, जो भियतनाम युद्धमा अमेरिकी सेनाविरुद्ध भागलिईसकेको अनुभव संगालेका र रा. जिन्पिङ्गको आत्मीय व्यक्ति छन्, लाई भदौ १२ को सम्झौताको केही घण्टामै नियुक्त गरिहाले । यता, भारतका तत्कालीन विदेशमंत्री अरुण जेटलीले मोदीकै इशारामा चीनमा ब्रिक्स सम्मेलन टाल्ने गरि ‘सन् २०१८ सम्म भारत–चीन युद्ध हुनेछ, तयारी गर, गो अहेड’ भनी सैन्य प्रमुखलाई बताईसकेका छन् भने यस बीच बोर्र्डरमा चिनियाँ राष्ट्रपतिको सैन्य परेडको काउन्टरमा भारतीय राष्ट्रपतिलाई पनि परेड गराएर वर्तमान विदेशमंत्रीलाई अरुणाचलमा बोर्डर भ्रमण गराईकन चिनियाँ सैनिकलाई ‘वि आर रेडी फर वार’ भनी रामायण÷महाभारतकालीन भाषामा ‘दूतलाई मालिक कहाँ सन्देश पु¥याऊ’ जनाउ दिईसकेकी छिन् । भारतीय सैन्य प्रमुख विपिन रावतले चीन, पाकिस्तान, भारतकै लाल आतंक नक्सलवादी तथा कम्युनिष्ट आतंकवादीहरुलाई जोड्दै ‘भारतीय सैनिक एक साथ अढाई वटा युद्ध गर्न सक्षम छ, भारतको उत्तर बोर्डरमा युद्धको तयारी गरेर पश्चिम बोर्डरमा ठोक’ भनी प्रस्टताका साथ चीनसँग युद्धको तयारी गर्दै पाकिस्तानबाट भारतमा आतंकवादीको रुपमा घूसपैठ गर्ने जो कोही मुस्लिम जेहादी मिलिटेन्ट्स वा पाकिस्तानको बोर्डर सुरक्षाको लागि भनि गठन गरिएका तर आतंकवादी हाफिज सईद र लश्कर–ए–तईबाका आतंकवादीलाई भारतविरुद्ध त्यस सीमा बलमा समावेश गरिएका ‘ब्याट’लाई सफाया गर्ने नीति अनुसार आतंकवादीहरुको लिष्ट बनाएर दिनहँु चीन÷पाकिस्तान समर्थित आतंकवादीलाई भारतीय सैैनिकले जम्मू–काश्मिरमा सफाया गर्दै आइरहेको छ । यसले गर्दा भारतमा बस्ने तर चीनको गुणगान गर्ने कम्युनिस्टस्लाई पनि बीजेपी÷मोदी नीतिले भारतको पक्षमा उभ्ने कि चीनको पक्षमा (?) भनी नैतिकरुपले घेरेर ती भारतीय कम्युनिस्टका आका कँग्रेस आईलाई पनि घेरेको छ ।

विश्व कम्युनिस्ट चरित्र संक्षेपमा

चीनले माओत्जे तुङ्गकोे नाममा आजको जमानामा कम्युनिस्ट राजनीति गरे भने उसको बिजनेस तथा राजनीति विश्वमा समाप्त हुनेछ भनी सोचेर चीनले नीतिगतरुपमै माओको पछि यतिका वर्षसम्म हामीपनि ‘सुधारिएका’ डेमोक्रयाट् हौं भनी विश्वको आँखामा छारो हालेर भित्रभित्रै पाकिस्तान, अन्य मुस्लिम देशहरु, जोे भारत र अमेरिका तथा युरोपको विपक्षमा छन्, लार्ई पक्षमा पारेर सामरिकरुपमा उ.कोरियामा र अन्य देशमा हतियार भावी तेस्रो विश्वयुद्धको जम्मा ग¥यो । हालै दोक्लाम मुद्दा चर्किंदा चीन एक पाईला हटेर तत्काल ‘अपमान’ भारतबाट सहीकन पुनः माथि उल्लेखित कार्यहरु सिध्याएर चिनियाँ सैनिकलाई युद्धको तयारी गर्न आदेश दिएका छन् । सन् १९६२ को भारत÷चीन युद्धमा नेहरुलाई माओले ‘हिन्दी चीनी भाई भाई’को नारा दिई अचानक चिनियाँ फौजबाट फायर खोलीयो, जसमा भारतको रक्षा बजेट थिएन, युद्ध गर्ने मानसिक तयारीपनि थिएन र भारतीय फौजले अचानक फायरबाट पहिला आत्मरक्षाको लागि पोजिसन लिन ब्याक भए । चीनले त्यसलाई भारतको हार भन्छ भने भारतले त्यसलाई असुर युद्ध र यसपाली चीनले नचाहेपनि उसलाई उक्साएर युद्धमा तान्ने (चाहे उ.कोरिया÷अमेरिका वा ओबओरकै बहानामा किन नहोस् ?) र ब्याजसहित चीनलाई युद्ध के हो, त्यो सिकाउने मनसायमा जाल थापेर बसेको छ । त्यस्तै, दोक्लाममा भारत÷चीन विवाद बढीरहँदा दिल्लीस्थित चिनियाँ दूतले भारतीय विदेशमंत्री सुष्मा स्वराज र चिनियाँ विदेशमंत्रीको उमेरमा आधारित भएर भारत÷चीनको सम्बन्ध दिदी र भाईको छ भनी भोलीपल्ट दोक्लामबाट भारतीय सैैनिक ब्याकभई चिनियाँ प्रोजेक्ट ओबओरमा नसघाउने हो भनी चीनले सानो सैन्य कार्वाही गरेर खेद्ने भनेर धम्क्यायो । यी केही उदाहरणले चीनले माओको धोखेबाज युद्धनीतिलगायत अन्य नीति सि जिन्पिङ्ग कलेबरमा पछ्याइरहेको देखिन्छ (माओको ‘औन कन्ट्राडिक्सन्स्’ भन्ने किताब पढ्नुस्) । अर्थात्, कम्युनिस्टहरु उपयुक्त मौकाको तलाशमा घातलगाएर बसिरहेका हुन्छन् । भारतलगायत विश्वका कम्युनिस्टहरुले उनीहरुको राष्ट्रियता नभई वर्ग निर्माण÷संघर्ष हुन्छन् भन्छन् र उता कम्युनिस्टको धर्म भनेको व्यक्तिको घर, परिवार, कार्यालय, देशप्रतिको ड्यूटीलाई धर्म भनीकन मन्दिर, मस्जिद, चर्च आदिमा जानेलाई ढोंगी तथा अफिम खाएको भन्छन् । यहि कारण को भारत, नेपाल, बेलायत, अमेरिकालगायतका कम्युनिस्टहरु आफ्नो देशको खाएर, आफ्नै देशको अखबारमा, आफ्नै देशको जनता र सेना मर्ने गरि उल्टै चीन, रुस, उ.कोरिया, भियतनाम आदि शत्रु देशको फेवरमा लेख्छन् । उदाहरणको लागि भारतका कम्युनिस्टहरु भारतीय स्वार्थ, लोकतन्त्रको रक्षार्थ विदेशनीति प्रयोगमा ल्याउँदा उल्टै भारतलाई सरापीकन नेपाल, चीन कम्युनिस्टको फेवरमा लेख्छन् । तर दुर्भाग्य, चीन, रुस, उ.कोरिया, भियतनामका कम्युनिस्ट पत्रिकाका मालिक वा सेना वा राष्ट्रप्रमुखले बाँकी देशको वा त्यहाँको कम्युनिस्टको फेवरमा कहिल्यै लेख्दैनन्, लेख्न दिंदैनन् भने नेपालका माओवादी, एमालेहरुले क्रिस्च्यिानिटीलाई धर्मको नाममा बढावा दिन्छन्, वर्गीय चिन्तनमा मधेशी, महिला, आदिवासी, जनजाति, मार्जिनल्सलाई राज्य शासनसत्ताको पहँुचबाट जहिल्यै पर धकेल्छन् । यो त त्यही भयोः ‘मेरी आमा साहै्र नै बाठी छन्, चामलसँग पीठो पो साटिछन् !’ एक वाक्यमा भन्नुपर्दा– गरिबी, बेरोजगारी, अशिक्षा, स्वास्थ सेवा पहँुच नभएको ठाउँमा कम्युनिस्टहरुको खेतीपाति चल्छ भने कम्युनिस्टहरु बेधर्मी, दुई जिभ्रे, पाखण्डी, देश÷जनता÷सेनाको रगतप्रति गद्दार हुन्छन् । यीनीहरुसँग सन्धि÷वार्ता वा विकासप्रति सुधारको लक्षण हुन्छ भनी कुर्नुको अर्थ समय बर्बादीमात्र हो । त्यसैले माओकै विचारमा जबजब कम्युनिस्टहरुले ब्याटल फिल्डबाट ब्याक हुन्छन्, सो बेला हामीले दया÷रहम नगरी पाताकसेर लडाएर निमिट्यान्न पार्नुपर्छ । विगतमा गिरिजाबाबु वा शेरबहादुरले नै एमाले वा माओवादीलाई पछिल्लो केपी ओलीको सरकार ढल्ने बेलासम्म सर्पलाई कुल्चनु पर्छ भन्ने नीति अंगिकार गरेका भए आज उनीहरु काँग्रेससँग विकट समयमा ‘मित्रता’ गरेर, विभिन्न राजनीतिक नियुक्तिहरु लिएर भाग्ने मौका पाउने थिएनन् ।

नेपालका वामगठबन्धन

प्रष्ट भईसक्यो कि नेपालमा वामगठबन्धन नेपालका फायर्स कम्पिटिटर्स एमाले र माओ तथा अन्य कम्युनिस्टको उपज नभई चीनले विश्वमै वाम÷लोकतान्त्रिक ध्रुवीकरण गराई अर्थतन्त्रमा प्रभावपार्र्न अमेरिकालाई उ.कोरिया र केही इस्लाम देशसँग युद्धमा अल्झाईकन एकक्षेत्र–एक सडकको निर्माण गर्ने उद्देश्यले एशियामा भारतलाई घेर्न गराएको हो । यसको असर नेपालमा को सत्तामा आउने÷जानेसँग सम्बन्ध छँदैछैन । सि जिन्पिङ्गले चीनमा केही ‘गृहकार्य’ गरी दोक्लाममा पुनः चरुवाहरुलाई बोर्डरमा छाप्रो निर्माण गर भनी भारतलाई युद्धमा तानिरहेको छ र ओबओर निर्माणलाई अगाडी बढाउन व्यग्र छ । यसले गर्दा भारतको ८÷९ वटा राज्यलाई भोली चीनले सिकिम्म समाप्त पारेर सम्पर्क टुटाउन चाहन्छ । चीनको नेपालमा वामगठबन्धनको केबल एक मक्सद हो कि नेपाल विदेशनीतिमा तटस्थबाट चीनको ढल्काउमा आओस् । सो को लागि लोकतान्त्रिक शक्ति चीनको फेवर गर्न सक्दैन तसर्थ, नेपालको संसदमा कम्युनिष्टको प्रत्यक्ष बहुमत जरुरी छ । भोली गणतान्त्रिक, संघीय आदि व्यवस्था मासेर झन त्यही कम्युनिस्टको संसदीय गणितले पूर्वराजालाई पुनः पावरमा ल्याए शक्ति एकठाउँमा थुपारेर फटाफट चीनको फेवरमा सैन्यलगायत अन्य निर्णयहरु गराउने चिनियाँ योजना छ । यो त मधेशी, महिला, मुस्लिम आदिको समानुपातिक प्रतिनिधित्वको विरुद्ध त छँदैछ, साथै नेपालका जनतालाई मधेशी÷पहाडीमा विभक्त गराएर कमजोर नेपालमा पहाडी तथा कम्युनिस्ट र राजावादीलाई जोडेर नेपालतर्फबाट भारतको बोर्डरमा चिनियाँ सेना राख्ने उसको मनसुबा देखिन्छ । यदि त्यसो भयो भने भारतसँग भूटान जस्तो त्रिदेशीय ठोक्कर नभई प्रत्यक्ष चीनले निहँु झिकेर ओबओर तथा चीनीको भूमी विस्तार गर्न सक्छ । नेपालमा मधेशीहरुले नबुझी राजा वा कम्युनिस्टको पछि लाग्नु कम्युनिस्टको अफिम खाएको प्रमाणित गर्नु हो । चिनियाँ सैनिकको नेपालमा घूसपैठले भोली नेपालको पूर्व–पश्चिम राजमार्गलाई बोर्डर बनाएर उपत्यका र पहाडलाई चीन भनी घोषणा गर्नेछ । वास्तवमा चीनले दक्षिण एशियामा नेपाल र भूटानको अस्तित्व उसको ओबओरमा बाधक देखेको छ र उ विश्वनक्साबाट मेट्न हाथ धोएर लागिपरेको छ । यसपालीको निर्वाचनमा देशप्रति अलिकति पनि माया र कम्युनिस्ट चरित्रबारे थाहा छ भने लोकतान्त्रिक मतदाताको कुरै छाडौं, वामपन्थिहरुले पनि देशप्रति गद्दार यी कम्युनिस्टहरुलाई भोट हाल्नु हँुदैन । (लेखक पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत् छन्)   (मधेश दर्पण फिचर सेवा)

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार ००:००