१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

श्रीमान्–श्रीमती नै चुनावी मैदानमा



महोत्तरी, २० कात्तिक (रासस) : क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् ।

लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गर्नुभएको थियो । स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा समेत उहाँ पराजित हुनु भएको थियो ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार ००:००