५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

आमसञ्चार नीति बारे अन्तक्रिया



महोत्तरी, २९ असोज (रासस) ः महोत्तरीको बर्दिबासमा शनिबार प्रदेशस्तरीय आमसञ्चार नीति र प्रस्तावित कानून एवं संरचना विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रदेश नं २ का आठ वटै जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो । सो कार्यक्रममा सार्वजनिक सेवा प्रसारण ऐन, २०७४ को प्रारम्भिक मस्यौदा माथि छलफल भएकोे थियो । 

सूचना तथा सञ्चार मन्त्रालय र राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव समितिको संयुक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा सार्वजनिक सरोकारको विषय र नागरिकको आवश्यक्ताअनुसारको कार्यक्रम उत्पादन तथा प्रसारण गर्न तथा प्रसारण क्षेत्रमा भएका विकास र नयाँ प्रविधिको अधिकतम उपयोग गरी नागरिकलाई सूचना सेवा प्रदान गर्ने बारेमा छलफल भएको थियो । 

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सञ्चारकर्मीले प्रारम्भिक मस्यौदाका कमीकमजोरी औँल्याएका थिए । 

संविधानविद् काशीराज दाहालको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रकाशित : २९ आश्विन २०७४, आइतबार ००:००