१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

एएनएकको अध्यक्षमा प्रभा विजयी



मेरिल्याण्ड। पचास वर्ष लामो ईतिहास रहेको अमेरिका नेपाल सोसाईटी (एएनएस) को अध्यक्षमा प्रभा भट्टराई देउजा विजयी भएकी छिन् ।

चुनावी प्रतिस्पर्दाबाट विजयी भएकी देउजाले ६ सय १३ मत ल्याईन भने उनका प्रतिस्पर्दी राम पौडेलले ५ सय १५ मत ल्याएका थिए । सात सदस्यीय कार्य समितिका लागि दुई बटा प्यानल विच भएको प्रतिस्पर्दामा देउजा पक्षका पाँच र पौडेल पक्षका दुई जना विजयी भएका छन् । विजयीहुनेहरुमा प्रथम उपाध्यक्ष विष्णु घिमिरे, उपाध्यक्षमा कृष्ण अधिकारी, महासचिव सुदिप पोख्रेल सचिव अन्जना सापकोटा  कोषाध्यक्षमा सुबो शाक्य, र मिडिया संयोजकमा निलु उप्रेती रहेकी छिन् । जस मध्ये प्रथम उपाध्यक्ष विष्णु र कोषाध्यक्ष शाक्य पौडेल पक्षबाट निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि अध्यक्ष देउजाले भनिन म अत्यन्तै उत्साहित छु । हार्नेहरुपनि मेरा सहयत्री हुनुहुन्छ । फेरिपनि हामी अझ धेरै सहकार्य गरेर जाने छौं । उनले थपिन यो संस्था सुरुवातमा संस्कृति आदनप्रदानको लागि स्थापना भएको बताउँदै आफ्नो कार्यकालमा समाजमा युवाहरुको योगदानको लागि भुमिका खेल्ने बताएकी छिन् । अमेरिकन मुलका नागरिक पनि विजयी भएको भए राम्रो हुने थियो । तर उहाँहरु प्रतिस्पर्दामा आएपनि पराजित हुनुभएकोमा दुःख लागेको छ । आगामी कार्यकालमा कम्तीमा दुईजना अमेरिकन मुलका नागरिकलाई निर्वाचित गराउने विधान बनाउने पहल गर्नेछु । त्यसैगरी अन्य नेपाली संघसंस्थाहरुसंगको सहकार्यलाई पनि जोड दिने वताएकी छिन् । अध्यक्षमा निर्वाचित हुनका लागि पुर्व अध्यक्ष तथा अग्रजहरु राम मालाकार, होमनाथ सुबेदी, डा. अनुप पहाडी, विष्णु थापा, नगेन्द्र पौडेल, खेम भट्टचनहरुसंग बाट म प्रेरित छु ।

निर्वाचन हुनुपहिले सहमती जुटाउने प्रयास गर्दा सहमती नभएपछि चुनावी प्रकृया बाट नयाँ समिति चयन भएको हो । निवर्तमान अध्यक्ष जिवन तिवारीले सहमती जुटाउने प्रयास गरेपछि अध्यक्षका एकजना आकांक्षी डा. विष्णु पौडेलले आफ्नो उमेद्वारी फिर्ता गरेका थिए । आईतवार अमेरिकाको मेरिल्याण्डमा रहेको पशुपती बुद्ध मंदिर परिसरमा भएको निर्वाचनमा करिव ६५  प्रतिशत मतदाताले मत हालेका थिए । जहाँ मातदात संख्या करिव १९ सय थियो। त्यतिकै संख्यामा अन्य महानुभावको उपस्थिति रहेको डिसी नेपालका पत्रकार तथा भुतपुर्व एएनएसका अध्यक्ष खेम भट्टचनले बताए ।

विलियम ग्रेसर को अध्यक्षता तथा बंकरको संरक्षत्वमा आज भन्दा पचास वर्ष पहिले सन १९६७ जनवरी १९ तारिखमा एएनएस स्थापना भएको थियो । राजधानी डिसी, मेरिल्याण्ड र भर्जिनिया राज्यहरुमा बसोवास गर्ने नेपाली मुल र अमेरिकी मुलका नागरिकहरु यसका साधारण सदस्य तथा उमेद्वार बन्न पाउने ब्यवस्था छ ।

प्रकाशित : २४ आश्विन २०७४, मंगलबार ००:००