१० चैत्र २०८०, शनिबार । March 23, 2024

ग्लोबल

चीनमा एक हजार बर्ष पुरानो विद्यालय पुनः संचालनमा



जिनान, २० असोज (रासस÷सिन्ह्वा) ः चीनमा झण्डै एक हजार बर्ष पुरानो माध्यामिक विद्यालय पुर्ननिर्माण गरी संचालनमा ल्याइएको छ ।

चीनको साङडोङ प्रान्तको राजधानी जिनानमा संचालनमा ल्याइएको सो ऐतिहासिक विद्यालयलाई प्रान्तीय कन्फ्युसी मन्दिरको रुपमा चिनिन्छ ।
१०६८ देखि १०७७ सम्मको छिङइङ कालमा बनेको विद्यालय १२७१ देखि १३६८ सम्मको युआन राजबंशीयकालमा क्षतिग्रस्त भएको थियो । त्यसलाई १३६८ देखि १६४४ सम्मको मिङ राजबंशीयकालको सुरुमा फेरी बनाइएको थियो ।
सो कन्फ्युसी मन्दिरमा तीन तह सम्म कन्फ्युसियस शिक्षा र उनका मुल्य मान्यताहरुका बारेमा पढाइने गरिएको थियो ।
नयाँ चीन बनेपछि सो मन्दिर मर्मत संहारको अभावमा जीर्ण बन्दै गएको थियो र एक पटक प्राथमिक विद्यालयको लागि प्रयोग भएको थियो ।
पछिल्लो समयमा स्थानीय सरकारले सन् २००५ मा पुर्ननिर्माण गरेको थियो भने सर्वसाधारणका लागि सन् २०१०मा खुल्ला गरेको थियो ।
चीनको नयाँ बर्षको अवसर पारेर अहिले त्यसलाई मन्दिरबाट कन्फ्युसी शिक्षा फेरी सुरु गरेर विद्यालयको रुपमा संचालनमा ल्याइएको हो ।

प्रकाशित : २० आश्विन २०७४, शुक्रबार ००:००