१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा



काठमाडौँ, २० असोज (रासस)  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ ।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभयो । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो ।

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ ।

प्रकाशित : २० आश्विन २०७४, शुक्रबार ००:००