१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

बाख्रा बली चडाउने नेपालीलाई अमेरिकामा पक्राउ



न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यको क्वीन्स शहरमा बाख्रा मारेर आफ्नो कारमा बली दिएको अवस्थामा एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
बद्री प्रसाद मात्र नाम खुलाईएको ट्याक्सी ब्यावसाय गर्ने ब्याक्तिले दशैंमा बाख्रा काटेर उनको ट्याक्सीमा रगत लतपताएका थिए । सो घटना थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो । अमेरिकामा अनुमती पाएको कसई बाहेक वा सम्बन्धित ठाउँ भन्दा अलग ठाउँमा काटमार गर्न कानुन विपरित हुनजान्छ । वली प्रथालाई अमेरिकी कानुनले हिंसाको रुपमा लिने गरेको छ । साझा डटकमले जनाए अनुसार उनलाई दुई वर्ष सम्म कैद हुन सक्ने छ । त्यहाँको प्रहरीलाई उद्रित गर्दै भनेको छ । अरुले पनि यस्तो कार्य गर्दै छन् भने यस्तो कार्य बन्द गर्न अनुरोध गरेको छ ।
फोटोः साझाडटकम बाट ।

प्रकाशित : १४ आश्विन २०७४, शनिबार ००:००