१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

अमेरिका नेपाल सोसाईटीका लागि प्रभाको उमेद्वारी




मेरिल्याण्ड । पचास वर्ष लामो ईतिहास भएको अमेरिका नेपाल सोसाईटी (एएनएस) को अध्यक्ष पदका लागि भर्जिनिया निवासी प्रभा देउजाले उमेद्वारी दिने वताएकी छिन् ।
हाल एएनएसको उपाध्यक्ष रहेकी उनी लामो समय देखि यस संस्थामा आवद्ध छिन् । उनले अध्यक्ष उमेद्वारी संगै केही योजनाहरु सारेकी छिन् । युवा वर्गलाई संस्थामा आकर्षित गर्न , अमेरिकामा रहेका वृद्धा नेपाली समुदायलाई सहयोग गर्न सवै नेपाली संघसंस्था संग सहकार्य गर्न मुख्य भुमिका रहने बताईन् । आफु अहिले वृद्धाको सेवामा सकृय रहेकाले यस वारे सवै आईडिया छ भन्दै वृद्धाहरुको सहुलियत थप सहयोग गर्न सक्ने विश्वास ब्यक्त गरिन् । यसका साथै नेपालमा सहयोग गर्ने सहित अन्य योजनाहरु पनि रहेको बताईन् ।
दुई वर्ष पहिले नेपालमा गएको भुईंचालोले क्षती पु¥याएको विभिन्न ठाउँहरुमा पनि सहयोग गरेको बताउँदै । आफु सहितको सकृयतामा भर्जिनियामा रहेको नेपालीहरुको साहयताले ललितपुरको हरिसिद्धी माध्यमिक विद्यालयको भवन वनाउन सहयोग गरेको स्मरण सुनाउँदै भनिन् । हाम्रो टिम विजयी भएमा अझै धेरै काम गर्न सकिने विश्वास छ । तीस वर्ष अघि अमेरिका आए देखि अहिले सम्म एएनएस संस्थामा सकृय रहेको बताईन् । अध्यक्षका लागि एक्ली महिला उमेद्वार देउजा संगै प्रत्यसीमा अन्य दुईजना पुरुषको पनि दावी रहेको छ । जसमा डा. विष्णु घिमिरे र प्रेम पौडेल रहेका छन् । तपाईं महिला भएको नाताले सर्व सहमतको प्रयास भैरहेको छैन ? भन्ने प्रश्नको जवाफमा भनिन् , जहाँ सम्म लाग्छ, मलाई अध्यक्ष बनाउन उहाँहरु सकारात्मक भएको भन्ने लागेको छ । अन्तिम समय सम्म मेरो लागि सर्वसहमतको पनि आशा राख्दछु । यसमा मेरो टिमले अरु प्रत्यासीलाई अध्यक्ष वनाउन सहमत भएमा त्यसमा पनि मेरो सहमत नै हुने छ देउजाले भनिन् ।
अमेरिका नेपाल सोसाईटीको अधिबेशन ८ अक्टुवरका दिन मेरिल्याण्डमा हुँदैछ । सात जनाको गठन हुने टिमको समयावधि दुई वर्षको रहने छ । संस्थाको वेवसाईट अनुसार २ सय १२ आजिवन सदस्य र १ सय ५३ साधारण सदस्य गरी जम्मा ३ सय ६५ जना सदस्य रहेका छन् । भर्जिनिया तथा राजधानी वासिङटन राज्य क्षेत्रमा ज्यादा सदस्य रहेको संस्थामा अमेरिका भरीवाट सदस्य छन् । जसमा अमेरिकन मुलका नागरिक पनि आवद्ध छन् । संस्था सन १९६७ मा स्थापना भएको थियो । २०१५ देखि २०१७ का लागि जिवन तिवारी अध्यक्ष छन् ।

प्रकाशित : ११ आश्विन २०७४, बुधबार ००:००