७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

डलरसहित चिनियाँ महिला पक्राउ



रसुवा, ५ असोज ।  अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेकी छन् ।

उनको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको हो ।

आज बिहान पत्रकार सम्मेलनमार्फत् प्रहरी प्रमुख थापा क्षेत्रीले विशेष सुराकीका आधारमा चिनियाँ नागरिक पक्राउ भएको जानकारी दिनुभयो ।

सो डलर रु ५१ लाख ३१ हजार ५०० बराबरको भएको बताइएको छ ।

प्रकाशित : ५ आश्विन २०७४, बिहिबार ००:००