८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

पटेर्वा सुगौली गापा अध्यक्षमा एमालेका चौधरी विजयी



पर्सा, ५ असोज (रासस) ः पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गर्नुभएको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी ममता चौधरी विजयी हुनुभएको शर्माले बताउनुभयो । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जु चौधरीलाई ५०० भन्दा बढीको फराकिलो मतअन्तरले पराजित गरेको जानकारी दिनुभयो ।

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ को अध्यक्षमा एमालेकै फरमान मियाँ, वडा नं २ मा काँग्रेसका विजय गौरो, वडा नं ३ मा काँग्रेसकै माधव महतो थारु, वडा नं ४ मा नेपाल लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारु र वडा नं ५ मा एमालेका मुक्तिलाल साह विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

प्रकाशित : ५ आश्विन २०७४, बिहिबार ००:००