७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

हंसपुर नपामा राजपा विजयी



जनकपुरधाम, ४ असोज (रासस) ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो पार्टीका नगर प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत र नगर उपप्रमुखका उम्मेदवार रेणु झा ३ हजार २७६ मतसहित विजयी हुनुभएको हो ।

उहाँहरूको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका नगर प्रमुखका उम्मेदवार प्रदीप कुमार यादवले ३ हजार २२९ मत र नगर उपप्रमुखका उम्मेदवार रामकुमारी कामतले ३ हजार २७ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार ००:००