१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

गद्दी बैठकको पुनःनिर्माण छिट्टै



काठमाडौँ, २७ भदौ । काठमाडौँको वसन्तपुरस्थित गद्दी बैठकको पुनःनिर्माण यही महिनादेखि शुरु हुने भएको छ ।

उक्त भवनको पुनःनिर्माण अमेरिकी राजदूतको आर्थिक सहयोग तथा जापानको मियामोटो कम्पनीको संयुक्त सहयोगमा गरिने हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।

उक्त भवनको क्षति भएको भाग आगामी दुई वर्षभित्र रु सात करोडको लागतमा सबलीकरण विधिबाट निर्माण गरिने छ । यसै महिनामा निर्माण शुरु गर्ने योजना भए पनि विविध कारणले केही ढिलाइ भएको नकर्मीले बताउनुभयो । राणा प्रधानमन्त्री चन्द्रशम्सेरले निर्माण गरेको गद्दी बैठक विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००