८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

घाइते दुईको मृत्यु



मलेखु (धादिङ), २७ भदौ । विशालटार नजिकैै आज बिहान भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहका अनुसार घाइते अवस्थामा काठमाडाँै लगिएका नवलपरासी जिल्ला सुस्ता गाउँपालिका–५ निवासी ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो । रमाशंकरको स्टार अस्पताल बल्खु र रामको ट्रमा सेन्टर, वीर अस्पतालमा मा मृत्यु भएको हो ।

काठमाडाँैबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका लागि छुटेको लु २ ख ६६३० नं को यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित सडकबाट करिब १०० मि तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ३१ जना घाइते भएकामा उपचारका लागि आठ जनालाई ट्रमा सेन्टरमा पठाइएको थियो । ट्रमा सेन्टरमा पठाइएका बिरामीमध्ये एम्बुलेन्स चालकले आफूखुसी स्टार अस्पतालमा समेत लगेका थिए । हाल पाँच जनाको स्टार अस्पताल, एक जना ट्रमा सेन्टर, चार जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००