६ बैशाख २०८१, बिहिबार । April 18, 2024

तस्बिर

अमेरिकाको डिएमपिभीमा राईहरु संगठित

फोटो फिचर सहित



मेरिल्याण्ड । आईतवार । अमेरिकाको मध्यपुर्वी राज्यहरुमा रहेका किरात राईहरु संगठित भएका छन् ।

वासिङटन डिसी, मेरिल्याण्ड, पेन्सिलभेनिया र भर्जिनिया गरी चारवटा राज्यबाभ भेलामा सहभागि भएका किरात राईहरु संगठित भएका हुन् । आईतवार मेरिल्याण्डको पतास्को नदीमा रहेको पार्कमा भेला भएका थिए । पिक्निक सहित भएको भेलाले युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका डिएमपिभी च्याप्टर गठन गरेको हो ।

भुवन राईको अध्यक्षतामा सदस्यीय गठन भएको संस्थामा उपाध्यक्ष हर्क कुलुङ र केशव राई छन । त्यसैगरी प्रविन राई महा–सचिव, माया चाम्लिङ सचिव , कोषाध्यक्ष प्रितम राई र सह–कोषाध्यक्षमा सफला राई छन् । सदस्यहरुमा रेणु राई, सरिता राई, हर्क थुलुङ, मधुकर राई, बनु राई छन् । भेलाले मिलन राई र प्रकाश राईलाई सल्लाहकार चयन गरेको छ । यस क्षेत्रका राईहरुको दोश्रो पटक भएको यस भेलामा केन्द्रीय अध्यक्ष विष्णु राई, न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, उपाध्यक्ष मोना राई, पुर्व केन्द्रीय अध्यक्ष शिव राई, पुर्व केन्द्रीय अध्यक्ष प्रभाकर राई लगायतको उपस्थिति थियो ।

भेलामा मन्तब्य राख्दै केन्द्रीय अध्यक्षले भने हाम्रो संगठन राजनीतिको लागि नभएर भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्ने हो । उत्थान गर्ने हो । विकास गर्ने हो । त्यसैगरी पुर्व अध्यक्ष तथा एनआरएन अमेरिकाका संस्थापक अध्यक्ष शिव राईले भने अमेरिकामा आउने पहिलो ब्याजका राईहरु हामिले दश वर्ष अघि दुःखले संस्था बनायौं । आज यस भेगमा संस्था विस्तार गर्न पाउँदा खुसी लागेको छ । त्यसैगरी केशवराम राईले डिएमपिभी क्षेत्रको राई समुदायमा सहयोगि भुमिका हुनेमा विश्वास ब्यक्ति गरे । पुर्व केन्द्रीय अध्यक्ष प्रभाकर राईले कार्यक्र भब्य भएको भन्दै बधाई दिएका थिए ।

अमेरिकामा बसोवास गर्ने राईहरुको संख्या २० हजार ज्यादा रहेको अनुमान न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राईले गरेका छन् । जस मध्ये मध्यपुर्वमा अमेरिकी नेपालीहरुको संख्या ज्यादा भएपनि किराती राईहरुको बसाईं अरुक्षेत्रको तुलनामा न्युन रहेको छ ।

 

 

प्रकाशित : २६ भाद्र २०७४, सोमबार ००:००