१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

हराएकी बालिका फेला परिन्



नवलपरासी, २३ भदौ । गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् ।

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् ।

तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको अवस्थामा बिहीबार नवलपरासीको दाउन्नेपारि पोलटारी भन्ने ठाउँमा बसिरहेको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार ००:००