४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

खानेपानी संस्थानद्वारा चार करोड महसुल संकलन



विराटनगर, २२ भदौ । नेपाल खानेपानी संस्थान विराटनगरले गत आर्थिक वर्षमा करिब रु चार करोड राजश्व संकलन गरेको छ ।

संस्थानले करिब रु एक करोड महसुल असुल गर्न बाँकी छ । नगरका एक हजार २५० वटा ग्राहकबाट सो बराबरको खानेपानीको महसुल संकलन गरिएको कार्यालय प्रमुख शैलेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

उक्त शाखाको १४ वटा सार्वजनिक धाराका साथै १६३ वटा सरकारी कार्यालय ग्राहक छन् भने निजी ग्राहकको सङ्ख्या एक हजार ७३ रहेको छ । कतिपय सरकारी कार्यालयका साथै निजी ग्राहकबाट पुरानो महसुल असुल गर्नुपर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००