१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

शिक्षा दिवस मनाउन विभिन्न उपसमिति



पोखरा, २२ भदौ । ३८औँ राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यका साथ पोखरा लेखनाथ महानगरपालिकामा विभिन्न उपसमिति गठन गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको शिक्षा महाशाखाका उपसचिव समन्तमणि आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले भदौ २३ गते पोखरा सभागृहमा एक कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णयका साथ उपसमिति गठन गरेको हो ।

संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका यस वर्षको शिक्षा दिवस मनाउन लागिएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००