१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

विद्यालय गएका शिक्षक घर फर्केनन्÷ बालिका वेपत्ता



नवलपरासी, २२ भदौ । नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् ।

नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् ।

गत भदौ १६ गते शुक्रबार विद्यालयमा पढाएर हिँडेका रामप्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती संगिता र बुबा दुर्गादत्त चापगाईंले निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

रामप्रसादकी श्रीमती संगिताले भनिन्, ¬विद्यालयबाट ४ बजे निस्किएको विद्यालय प्रशासनले जानकारी दियो तर पाँच दिनसम्म पनि उहाँ आउनुभएन । फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन नसकेको उनले बताइन् ।

पैसट्ठी वर्षीय बुबा र २५ वर्षीया श्रीमतीले प्रहरीमा निवेदन पेश गर्दै भने, आउनुहुन्छ होला भन्दै बाटो हेरेको हेरै भइयो, तर आउनुभएन, त्यसैले प्रहरीमा निवेदन दर्ता गर्न आएका हौँ ।

रामप्रसाद के कारणले हराए भन्ने विद्यालय र परिवारलाई थाहा छैन । कावासोतीबाट चार किलोमिटर दूरीमा रहेको उक्त विश्वज्योति बोर्डिङ्मा उनी गत वैशाखदेखि पढाउन थालेका थिए ।

बालिका बेपत्ता

यसैबीच, नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारीको एक बालिका बेपत्ता भएकी छिन् ।

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेलिरहेको अवस्थामा तीनजना साथी घर फर्के तर अस्मिता दाईको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको आमा आशाले जानकारी दिनुभयो ।

गहुँगोरो वर्णकी आकासे रङको सर्ट र निलो स्कर्ट लगाएकी अस्मितालाई भेट्नु हुने वा देख्नुहुने जो कोहीले तुरुन्त परिवारलाई अथवा नजिकैको प्रहरीमा खबर गरिदिनका लागि हराएकी बालिकाकी आमा आशाले आग्रह गर्नुभएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००