६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

नेचामा चितुवा आतंक



सोलुखुम्बु, २२ भदौ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् ।

एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबोका मारिसकेको छ । रातको समयमा खसीबाख्रा मारेर खाने क्रम नरोकिएपछि स्थानीयबासी रातको समयमा जागै बस्न बाध्य भएका छन् ।

राति आउने चितुवा भगाउँदा पनि अटेर गर्ने भएकाले मानिसलाई नै आक्रमण गर्ने डरले खसीबाख्रा लिएर भाग्दासमेत हेरेर बस्नु परेको स्थानीयको गुनासो छ ।

नेचासल्यान गाउँपालिका–३ की रेखा शर्माका अनुसार एक दिन एउटा टोलमा पसेर खसीबाख्रा खाएको भोलिपल्ट अर्कै टोलमा खान्छ । चितुवाले मानिसलाई समेत आक्रमण गर्ने डरले साँझपख मानिसहरु घरबाहिर निस्कन छाडेका छन् ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००