१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

विद्यालयमा खानेपानीे ट्यांकी निर्माण



पोखरा, २१ भदौ । पोखरा–लेखनाथ महानगरपालिका–१० स्थित कुँडहर आधारभूत प्राथमिक विद्यालयको हातामा १० हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको सक्रियतामा बेलायतस्थित क्वीन एलिजावेथ ग्रामर स्कुलको रु तीन लाख १० हजारको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे होे ।

नवनिर्मित ट्यांकी लायन्सक्लबका राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर ३२५ बी १ का गभर्नर धनराज आचार्यले आज यहाँ आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ००:००