७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

सात वर्षदेखि फरार पक्राउ



मेलम्ची, २१ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारबाट बहुविवाह मुद्दाको सात वर्षदेखि फरार रहेका अभियुक्तलाई मंगलबार राति पक्राउ गरेको छ ।

जिल्ला अदालत चौताराको २०६७ माघ ११ गतेको फैसलाले हेलम्बु गाउँपालिका–६ इचोक बस्ने २८ वर्षीय चन्द्रबहादुर ज्योतिलाई ११ महिना १५ दिन कैद र रु पाँच हजार ५०० जरिवाना सुनाएको थियो ।

कैद र सजाय भुक्तान नगरी फरार रहेका ज्योतिलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत बुझाइने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय, मेलम्चीले एक दर्जन भन्दा बढी फरार अभियुक्त पक्राउ गरी जिल्ला अदालत बुझाएको छ ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ००:००