७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

बाढीपीडित दृष्टिविहीन छात्रलाई शैक्षिक सामग्री



बर्दिवास, २१ भदौ । महोत्तरी जिल्लाको लोहारपट्टीस्थित भेरुखी माध्यमिक विद्यालयका बाढीपीडित दृष्टिविहीन छात्रले शैक्षिक सामग्री र लत्ताकपडा राहतस्वरुप पाएका छन् ।

साउन मसान्तको बाढीले खाने चामल, कपी–कलमसहितका शैक्षिक सामग्री बगाएर आपत्मा परेमा १० जना दृष्टिविहीन छात्रलाई नेपाल नेत्रहीन संघ, नेत्रहीन पुुनःस्थापन कार्यक्रम बर्दिवास (महोत्तरी) ले मङ्गलबार राहत उपलब्ध गराएको हो ।

बाढीपीडित दृष्टिविहीन १० छात्रलाई कापी–कलम, औजारबक्स, पाठ्य सहयोगी पुस्तक र झुल, बेड–सेट एवं लगाउने कपडा वितरण गरिएको पुनःस्थापन केन्द्रले जनाएको छ ।

शैक्षिक सामग्री बाढीले बगाएर पठनपाठन गर्न नपाउँदा रनभुल्ल परेका दृष्टिविहीन छात्र विक्की मण्डलले आफू र अन्य नौ जना साथी पुनःस्थापन कार्यक्रमको राहतले निकै खुशी भएका बताएका छन् ।

यसअघि देखि नै दृष्टिविहीन छात्रलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत वार्षिक ४० हजार छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ००:००