१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान



इलाम, २० भदौ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुभएको छ ।

एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी दिनुभयो ।

आले परिवारले दिएको जग्गालाई नापजाँच गरी स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रसम्म नै पहल गरिने वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।

प्रकाशित : २० भाद्र २०७४, मंगलबार ००:००