१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको हाहाकार



जुम्ला, १९ भदौ । पटक–पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ ।

एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएको हो । अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनुपरेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताउनुभयो । कालिकोटको गगने खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि यो समस्या भएको हो ।

“मगाइएका सबै सिलिण्डर गगने खोलाभन्दा अघि बढेका छैनन् । यहाँ स्टक भएका अक्सिजनमा मात्र दुई वटा बाँकी छन्”– उहाँले भन्नुभयो । उहाँका अनुसार दुई÷चार दिनभित्र अक्सिजन नआएमा बिरामी जिल्ला बाहिर पठाउनुपर्ने अवस्था सामना गर्नुपर्ने देखिन्छ ।
छ दिनअघि कर्णाली राजमार्ग दैलेख र कालिकोटको गगने खोलामा ५० मिटर लम्बाइमा पहिरो आएको र सो खुलाउन प्रयास भइरहेको कालिकोटका प्रहरी नायब उपरीक्षक सुवास बोहराले बताउनुभयो ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार ००:००