१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

भारतीय नेताको हत्या गर्न नेपालबाट सुटर !

गोर्खाल्याण्ड अगुवाको पोखरामा होटल !



https://www.youtube.com/watch?v=DMNosjBAg1A

झापा । भारतको गोर्खाल्याण्ड आन्दोलनमा विनय तामाङ अहिले चर्चाको विषय बनेका छन् ।
आन्दोलनरत दल गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का सह–सचिव रहेका तामाङ भिभिन्न कारणले चर्चित भएकामा अहिले आफुलाई हत्या गर्नका लागि नेपालबाट दुईजाना सुटर आएको बताएर चर्चामा आएका छन् । उनले आफ्नो सुरक्षाको लागि सुरक्षाकर्मी खटिएको पनि दावी गरेका छन् । यतीमात्र नभएर आफ्नै दलका शिर्ष नेताको पोखरामा होटल भएको खुलासा गरेका छन् । उनले एक वंगाली टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका छन् , ति नेताको वारेमा केही दिन भित्र सवै यथार्थ सभा गरेर बताउने छु । ति नेताको सम्पत्ती फ्लोरिडा (अमेरिका) देखि लण्डन (बेलायत), दिल्ली, बम्बवई, कल्कत्ता, सिलगढी दार्जेलिङ मात्र नभएर पोखरा माहोटल सम्म भएको खुलासा गरेका छन् ।
यस अघि उनले आन्दोलन स्थगन भएको घोषणा गरेर चर्चामा आएका थिए । घोषणा गर्नुको कारण प्रष्ट पार्दै भनेका छन् , आफुले मोर्चाका अध्यक्ष संग सल्लाह गरेर नै स्थगन गरेको हो । अध्यक्षसंग फोनमा कुरा गर्दा हुन्छ भनेपछि मात्र मैले स्थगन भएको घोषणा गरेको हो । उनले भनेका छन, महासचिव दिल्लीमा बसेर आन्दोलनलाई कुनै उपलब्धि दिन नसक्ने अनि अध्यक्ष विमल गुरुङ पनि आन्दोलनको मोर्चामा सहभागि नहुने गरेको आरोप लगाएका छन् ।
आन्दोलरत दलको पक्ष बाट तामाङको नेतृत्वमा केहीदिन अघि मात्र पश्चिम वंगालका मुख्यमंत्री ममता वनर्जी संग वार्ता वसेका थिए । वार्ता पछि १२ दिन सम्म आन्दोलन स्थगन गर्ने तामाङले घोषणा गरेका थिए । उनको अभिब्यक्तिको लगत्तै गोर्खाल्याण्ड जनताले स्वतः  आन्दोलन झन चर्काएपछि मोर्चाका अध्यक्ष विमल गुरुङले तामाङको बक्तब्य ब्याक्तिगत भएको बताएका थिए ।
तीन महिना देखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको अवस्था समग्र बुझ्दा एकातिर नेतृत्व आपसमा झगडा सुरु भएको छ भने अर्को तर्फ जनताले आन्दोलन चलाईरहेका छन् । नेताहरुमा कम्जोरी नभईकन आपसमा झगडा भैरहेको छैन । कम्जोर नेतृत्व भएपछि आन्दोलनस्थल बाटै जनताले नेतृत्वको भुमिका खोजिरहेको भानलाई नकार्न सकिन्न ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार ००:००