१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

उपसभामुख यादवद्वारा ‘बकर इद’को शुभकामना



राजविराज, १८ भदौ । उपसभामुख गंगाप्रसाद यादवले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुसलमान समुदायप्रति आज शुभकामना व्यक्त गर्नुभएको छ ।

गृह जिल्ला सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ८ जोगिनियाँ आउनुभएको उहाँले शुभकामना दिँदै यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय बनाउनका लागि एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपाली जनतालाई आग्रह गर्नुभयो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००