२ बैशाख २०८१, आइतबार । April 14, 2024

मुख्य खबर

ज्योतिप्रकाशका श्वेत चित्रकला



काठमाडौँ, १८ भदौ । कलाकार ज्योतिप्रकाशले चित्रकलामा नयाँ प्रस्तुति दिँदै हिजोदेखि कला परिषद्मा एक साता लामो एकल चित्रकला प्रस्तुत गर्नुभएको छ ।

मातृभूमिको कथा९आमा० नाम दिएर प्रदर्शनीमा राखिएका चित्रकला सबै चित्र सेतोमाथि सेतै रङले पोतिएका छन् । सेतोबाहेक अन्य रंग प्रयोग नगरिएको अनौठो चित्र प्रदर्शनी हेर्न दर्शकको घुइँचो लागेको छ ।

प्रदर्शनीमा परावर्तन, दुःखमा बुद्ध, मेरो राहदनी पत्र, ऐश्वर्या, अंकमा मोतिजस्ता ११ वटा चित्र राखिएका छन् । प्रदर्शनी शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले कलाले देश तथा समाजको पहिचान हुने भएकाले यसको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

मूर्तिकार सुदर्शन राणाले आधुनिक कलाकार ज्योतिले नयाँ सोच र नौलो प्रयोग गर्नुभएको बताउँदै सेतो रंगभित्र शान्तिको खोजी गर्न सकिने चर्चा गर्नुभयो । कला समीक्षक मुकेश मल्लले यस चित्रकलामा सेतोभित्र गहिरिएर जाँदा बुद्ध उत्पत्ति भएको महशुस गराउने बताउँदै कलाकारले बुद्ध मेरो हो र यसभित्र शान्ति पाइन्छ भन्ने सन्देश दिन खोजेको बताउनुभयो ।

कला समीक्षक रमेश खनालले कलाकारले समाज परिवर्तनको रुप देखाउन खोजेको भन्दै देशलाई सुन्दर र शान्त बनाउन प्रयत्न हुनुपर्छ भन्नुभयो । वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले कलाबाट नै मुलुक चिनिने भएकाले हाम्रो समाजमा कलाको ठूलो महत्व छ भन्नुभयो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००