१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

जेसिज कप २०७४ मा सुदूरपश्चिम विजयी



चितवन, १८ भदौ । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ ।

प्रतिस्पर्धी समूह चितवन–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा दुई गोल गरेको सुदूरपश्चिमले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा चितवनको समूहले मध्यम प्रदर्शन गरेको थियो । केही अवसर चितवनले गुमाएको थियो ।

आजको खेल विजय युथ हेटौँडा र फ्रान्ड्स क्लब काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कूल १० वटा समूह सहभागी छन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौँडा र मनाङ मस्र्याङ्दी छन् ।

शनिबार भएको खेलको शुभारम्भ चितवन क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले गर्नुभएको थियो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००