७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

नारा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा



काठमाडौँ, १७ भदौ । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को आगामी नेतृत्वका लागि आकांक्षी व्यवसायीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

यही भदौ २० गते हुने नाराको २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा अध्यक्ष पदमा प्रत्यासीको संख्या बढेपछि सहमतिमा नेतृत्व चयनका लागि पहल भइरहेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनुभयो ।

उहाँका अनुसार पाँचजना आकांक्षीमध्ये सहमतिको प्रयासबाटै अहिले दुई जना निमबहादुर मगर र गंगा नेपाल मैदानमा उत्रिनुभएको छ ।

यद्यपि, मनोनयन हुने दिन भदौ १८ गतेसम्म सहमतिको प्रयास जारी रहने अध्यक्ष दाहालको भनाइ छ । मगर नारा पोखरा च्याप्टरका अध्यक्ष हुनुहुन्छ भने नेपाल नाराका पूर्वमहासचिव हुनुहुन्छ । दुवै समूहले आगामी नेतृत्वका लागि प्यानलसहितको उम्मेदवारी घोषणा गरिसकेको छ ।

मगर समूहले केही दिन अघि सार्वजनिक गरेको समूहमा उपाध्यक्षमा कमलबहादुर ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भिष्मराज थपलिया, कोषाध्यक्षमा शिशिर खनाल, सहकोषाध्यक्षमा रीता अधिकारी र कार्यसमिति सदस्यमा विष्णुहरि सिलवाल, उद्धव कँडेल र राजु खड्का रहेका छन् ।

त्यस्तै नेपाल समूहले पनि शुक्रबार प्यानलसहितको उम्मेदवारी घोषणा गरेको छ । उक्त समूहको उपाध्यक्षमा पर्शुराम पाण्डे, सचिवमा देवराज जैशी र सहकोषाध्यषमा गोविन्द पाठक रहनुभएको छ ।

महासचिव र कोषाध्यक्षमा भने निर्विरोध हुने सम्भावना छ, दुवै समूहले महासचिवमा शिव अधिकारी र कोषाध्यक्षमा शिशिर खनाललाई आफ्नो प्यानलमा राखेका छन् ।

अध्यक्षका प्रत्यासी निमबहादुर मगरले जलयात्रा पर्यटन प्रवद्र्धनका लागि युवा नेतृत्वले योजनाबद्ध कार्यक्रमका साथ ¥याफ्टिङ व्यवसायीको हितमा काम गर्न आफ्नो समूह लागि पर्ने बताउनुभयो । अर्का प्रत्यासी नेपालले नारालाई व्यवस्थित र पारदर्शी बनाई व्यावसायिक ढंगले अघि बढाउन आफ्नो नेतृत्व आवश्यक भएको बताउनुभयो ।

नाराको ११ सदस्यीय कार्यसमितिमध्ये नौ जना निर्वाचित हुनेछन् भने एक जना पूर्व अध्यक्ष पदेन सदस्य र पोखरा च्याप्टरका अध्यक्ष पदेन सदस्य चुनिने छन् । नारामा जम्मा ७२ जना व्यवसायी मतदाता छन् ।

साहासिक पर्यटनको रुपमा रहेको नेपालको ¥याफ्टिङ विश्व पर्यटनको आकर्षक र उपयोगी गन्तव्य मानिन्छ । नेपालमा साना ठूला गरी छ हजार नदीनालामध्ये सरकारले १६ वटा नदीलाई ¥याफ्टिङका लागि खुल्ला गरिएको छ ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००