१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने



पोखरा, १७ भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।

सरकारको झण्डै रु १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।

कास्कीमा गुरुङ समुदायको बस्ती बढ्दै गएको र दैनिक तीनदेखि सातवटा शव जलाउनु पर्ने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । शव जलाउनको लागि मात्रै वार्षिक झण्डै रु ६०÷७० लाखको दाउरा आवश्यक पर्ने र यसले गर्दा ठूलो मात्रामा काठ आवश्यक पर्न जाँदा वनजंगलको संरक्षणको लागि पनि विद्युतीय शवदहगृह निर्माण गर्न लागिएको बताइएको छ ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००