१२ चैत्र २०८०, सोमबार । March 25, 2024

मुख्य खबर

कैलालीको मोहन्यालका बासिन्दा न्यूनतम सुविधाबाट वञ्चित



धनगढी, १७ भदौ । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो, बिजुली, टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन् ।

आधारभूत सेवा सुविधा पु¥याउन पटक÷पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष नबलसिं रावलले बताउनुभयो ।

‘विकासका लागि राज्यको ध्यान नपुग्दा गाउँपालिकाका बासिन्दाले न्यूनतम् सेवा सुविधा पाउन सकिरहेका छैनन्, रावलले भन्नुभयो’—“राज्यको नीति बुझिनसक्नु छ ।”

कैलाली जिल्ला तराईको सुगम जिल्लाको रुपमा चिनिएको भए पनि भौतिक पूर्वाधार र विकासका दृष्टिमा पछि परेकै कारण जिल्लाको मोहन्याल गाउँपालिका राज्य संयन्त्रको पहुँचबाट टाढा रहेको छ ।

जिल्लाको उत्तर पूर्वी चुरे पहाडी क्षेत्रमा पर्ने भौगोलिक रुपमा अति विकट र दुर्गम यो गाउँपालिकामा बाहुन, क्षेत्री, गुरुङ, मगर, ठकुरीको बसोवास रहेको र जनसंख्या झण्डै २२ हजार रहेको छ ।

छिटपुट रुपमा हुने बाख्रापालन र खेती गर्दा हुने आम्दानी यो गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको स्रोत रहेको छ । यद्यपि खेती गरेर उत्पादन हुने अन्नले तीन महिनामात्र खान पुग्ने भएकोले बाँकी समयमा स्थानीयवासी रोजगारीका लागि भारत जाने गरेका छन् ।
स्थानीय तहको चुनाव भएको एक महिना भन्दा बढी समय भइसकेको भए पनि सो गापामा कार्यालयको व्यवस्थापन हुनसकेको छैन ।

स्थानीयवासीले सदरमुकाम धनगढीमा सञ्चालनमा आएको मोहन्याल गापाको सम्पर्क कार्यालयबाट सेवा लिनुपरेको छ ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००