७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली



रुकुम, १७ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताउनुभएको छ ।

नेता ज्ञवालीले आज बिहान प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताउनुभयो ।

“आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने थियो । तर ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत मात्र भूगोललाई आधार बनाएको छ, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, यसले गर्दा आयोगले विभेद गरेर गम्भीर गल्ती गरेको छ ।”
६ नम्बर प्रदेश संयोजकसमेत रहनुभएका उपाध्यक्ष ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्नको लागि एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी गराउनुभयो ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००