१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

क्रान्तिकारीका अध्यक्षमा तामाङ निर्वाचित



काठमाडौँ, १७ भदौ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उहाँका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याउनुभएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो ।
यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकीको निर्वाचन गरिएको होे ।

मतगणना सकिए पनि औपचारिक घोषणा अझै गरिएको छैन । क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो । बिहीबारदेखि शुरु भएको मतगणना आज बिहान मात्र सकिएको छ ।

एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । यही भदौ ७ गतेदेखि भएको क्रान्तिकारीको सम्मेलन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००