१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

बालगायकको ‘अंकित’ आयो



काठमाडौँ, १७ भदौ । बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार यहाँ लोकार्पण गरिएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि प्रोत्साहन गर्ने बताउनुभयो ।

पाँच गीत रहेको सो एल्बममा गीतकार डा नवराज लम्साल र एल्बमका मूल सर्जक टीका भण्डारीले अंकितभित्रको सांगीतिक पक्षबारे प्रकाश पार्नुभएको थियो । एल्बममा गीतकार डा कृष्णहरि बराल, डा लम्साल, रमेश क्षितिज र टीका भण्डारीका रचना छन् । कार्यक्रममा संगीतकार भूपेन्द्र रायमाझी र गायक मदनसिंह नेपालीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००