१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु



बनियानी (झापा), १६ भदौ । झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ ।

मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको काँकरभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ करेन्ट लागेर गम्भीर घाइते हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताउनुभयो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००