७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

डोल्पामा एक संघ र दुई प्रदेश निर्वाचन क्षेत्र



दुनै (डोल्पा), १६ भदौ । दुर्गम जिल्ला डोल्पामा एक संघ र दुई प्रदेश हुने गरी निर्वाचन क्षेत्र निर्धारण भएको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नं १ मा डोल्पो बुद्ध गापा, छार्काताङसोङ गापा, काइके गापा र ठूलीभेरी नपा समेटिएको छ भने क्षेत्र नं २ मा त्रिपुरा सुन्दरी नपा, शे–फोक्सुण्डो गापा, मुड्केचुला गापा र जगदुल्ला गापा समेटिएका छ ।

यहाँका आठवटा स्थानीय तहमध्ये दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा चार–चारवटा पर्ने गरी सीमाङ्कन भएको छ । उपल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा पर्ने शे–फोक्सुण्डो गापालाई तल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा समेटेर बराबर गरिएको हो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००